‘तेल भिसा’काे निर्माताविरुद्ध ठगी गरेको आरोपमा प्रहरीमा उजुरी
काठमाडौं । यता फिल्म ‘तेल भिसा’काे प्रदर्शनकाे तयारीकाे बेला उता निर्माता तथा निर्देशकमाथि भने ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेले अमेरिका लैजान्छु भन्दै ठगी गरेको दाबीसहित उजुरी परेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उजुरी परेको बताए । लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् । पछिल्लो फिल्म ‘तेल भिसा’ प्रदर्शनको लागि उनीहरु यतिबेला काठमाडौंमा छन् ।
यो फिल्मको छायांकन पनि अमेरिकामा गरिएको हो । कथावस्तु पनि अमेरिकास्थित नेपाली समुदायको कथामा आधारित छ । ऋचा र शंकर दुवै नेपाली फिल्म क्षेत्रका चर्चित कलाकार तथा निर्देशक हुन् ।‘तेल भिसा’को प्रदर्शन मंसिर ७ गते हुने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१ १३:५१
प्रतिक्रिया दिनुहोस्