Ekhab4r
‘ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी’

काठमाडौं । विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गरिएको छ ।

सिंहदरवारमा बसेको बैठकले उक्त छलफल गरेको हो ।छलफलमा बोल्दै समिति सदस्य वेदुराम भुसालले  ऐनको  निर्माण र  कार्यान्वयनको अवस्थाको मूल्यांकन गनुपर्ने बताएका छन् । उनले कानून कार्यान्वयन मापनमा लामो प्रक्रियाबाट अगाडि बढ्नुपर्ने बताएका हुन् ।उनले  भने, ‘ऐनको निर्माण र कार्यान्वनको सन्र्दभमा तीनवटा प्रक्रिया अर्थात चक्र हुन्छन् । पहिलो ऐन निर्माण, दोस्रो यसको कार्यान्वयन र तेस्रो यसको कार्यान्वयन कसरी भयो ? जुन उदेश्यले ऐन निर्माण भएको थियो त्यो अनुसार कार्यान्वयन भयो की भएन भनेर मूल्यांकन गर्न जरुरी छ । ’

साथै उनले ऐन बने पनि ऐनको लागि चाहिँने जनशक्ति नबनेको बताए । उनले ऐन बनाए पनि कार्यान्वयन गर्न नसकिएको हुनाले कार्यान्वयनको अवस्था कस्तो रह्यो भनेर केन्द्रीत रहेरमात्र ठोस सुझाव लिन सकिने बताए ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update