Ekhab4r
राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर आज नेपालका लागि प्रस्थान गरेका छन् ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको कोप–२९ उहाँ मा सहभागी भएर आज बाकुबाट कतारको दोहा हुँदै स्वदेश फर्कने छन् ।उनलाई यहास्थित  हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री तेमुर मुसाएभले बिदाइ गरे ।अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु पुगेका हुन्  । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञ÷सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ । 
राष्ट्रपति पौडेलले कोप २९ अन्र्तगत मङगलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।मंगलबार नै राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा भेटवार्ता गरेका थिए । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधबार यहाँ  राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलन (कोप–२९) अन्र्तगत नेपालले आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडे«सिङ लस एण्ड डयामेज इन द हिमालय’ ( ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’)  शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई उनले सम्बोधन गरेका थिए  । 

यस्तै बुधबाार नै राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा जलवायु सम्बन्धमा बाकुमा  आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए ।सोही दिन कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र÷सरकार प्रमुखहरूसँग बाकुमा गर्नुभएको सामुहिक भेटघाट गरेका थिए । यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update