Ekhab4r
काठमाडौं महानगरले गौशाला क्षेत्रमा बनेका अवैध संरचनामा चलायो डोजर

काठमाडौं । गौशाला क्षेत्रमा मापदण्डविपरीत बनाइएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

शुक्रबार डोजरसहित पुगेको नगर प्रहरीको टोलीले अवैध संरचना भत्काएको हो । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए ।जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको हो ।तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ । सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update