Ekhab4r
राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादले जनतामा चरम असन्तुष्टि, आक्रोश र अन्यौलको स्थिति सिर्जना गरेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामूदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दलहरु समाजवादको नारा लगाएको भएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताएका हुन् । उनले भने, ‘हामीले समाजवाद त भन्यौं तर जनताले हामीले भनेको समाजवादको कँही कतै पनि अनुभूति गर्न पाएन । हाम्रो समाजवाद जनताको लागि आक्रोस, असन्तुष्टि र अन्यौलको अवस्था बनेको छ । त्यसकारण हामीले अब हाम्रो भावी दिसा निर्धारण गरौं । हामीले नेपाली समाजको अबको दिसा के हुने ?’नेपाली जनताको भाग्य र भविष्य कोर्नेगरि बहस र विमर्श आजको आवश्यकता भएको उनको भनाइ छ । उनले समाजवाद थुपारेर नभई हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा निर्माण गर्नुपर्ने  बताए । 

‘नेपाली जनताको भाग्य र भविष्यलाई कसरी कोर्ने बारेमा गहन बहस र विमर्श गर्न आवश्यक छ । पुस्तकका बारेमा के भन्छु भने समाजवाद थोपारेर आउने कुरा होइन । समाजवाद कितावबाट आउने कुरा होइन । समाजवाद अरु कुनै देशको नक्कल गरेर आउने कुरा पनि होइन । र समाजवाद कुनै पार्टीले आफ्नो दस्तावेजमा लेखेर आउने कुरा पनि होइन । समाजवाद थोपारिने होइन जगबाटै उमारेर ल्याउन आवश्यक छ । समाजवाद निर्माण गर्ने कुरा हो । हाम्रो उत्पादन पद्धतिद्धारा, हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा समाजवाद निर्माण गर्नुपर्दछ,’ उनले भने । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update