सरोकार समितिमा स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल
काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल भएको छ ।
मंगलबार सिंहदरबार स्थित समितिको सभाहलमा बसेको संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सरोकारवालाहरुसँग स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल भएको हो ।सोही क्रममा समिति सदस्य किरणबाबु श्रेष्ठले अनुगमनमा जाने सबैजना आइसकेपछि समग्र रुपमा एकै ठाँउमा प्रतिवेदन समीक्षा गर्दा राम्रो हुने बताए । उनले भने, ‘स्थलगत अनुगमनको क्रममा देखिएका विविध समस्याहरुको विषयमा एउटा प्रतिवेदन तयार भएर आउने नै छ । अनुगमनमा जानेहरु पनि आइसकेपछि समग्र रुपमा एकै ठाँउमा प्रतिवेदन समिक्षा गर्दा राम्रो हुन्छ होला ।’
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १४:२६
प्रतिक्रिया दिनुहोस्