Ekhab4r
बलिउड निर्देशक कबीर खानले ललितपुरमा फिल्म निर्देशनबारे सिकाउने

काठमाडौं । बलिउड निर्देशक कबीर खानले ललितपुरमा आयोजना हुने फिल्म साउथ एसियामा फिल्म निर्देशनबारेको कार्यशाला सञ्चालन गर्ने भएका छन् ।

६ मंसिर बिहीबारदेखि ९ मंसिर आइतबारसम्म ललितपुरको यलमाया केन्द्रमा महोत्सव हुँदैछ ।निर्देशक खान चर्चित बलिउड फिल्महरु ‘चन्दु च्याम्पियन’, ‘फ्यान्टम’, ‘बजरंगी भाइजान’, ‘एक था टाइगर’, ‘काबुल एक्सप्रेस’, ८३’ जस्ता फिल्मका लागि परिचित छन् । उनको नयाँ फिल्म ‘द डिप्लोम्याट’ सन् २०२५ मा प्रदर्शन तयारीमा छ ।

महोत्सवको ओपनिङ फिल्मको रुपमा भुटानी डकुमेन्ट्री ‘एजेन्ट अफ ह्यापिनेस’ छ । अरुण भट्टराई र डोरोत्या जुर्बो निर्देशित यो वृत्तचित्रले भुटानको ग्रस नेसनल ह्यापिनेसको सूचकांकाबारे भन्छ । यो फिल्मले दुई सरकारी अधिकारीलाई पछ्याउँछ, जब उनीहरूले नागरिकलाई उनीहरूको खुसीको बारेमा सोध्छन् र जीवनको उद्देश्यको खोजी गर्छन् ।

क्लोजिङ फिल्मको रुपमा सौनक सेनको ‘अल द्याट ब्रिथ्स’ छ । नेपालसहित दक्षिण एसियाली मुलुकका छोटा फिल्म र डकुमेन्ट्री महोत्सवमा प्रदर्शन हुने हिमाल साउथ एसियाका प्रमुख कनकमणि दीक्षितले जनाए । यसअघि विभिन्न नेपाली महोत्सवमा प्रदर्शनमा आइसकेका छोटो नेपाली पनि दर्शकले फिल्म साउथ एसियामा हेर्न पाउनेछन् ।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update