२७०२ अंकमा झर्याे नेप्से ,काराेबार रकम पनि घट्याे
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा भारी अंकको गिरावट देखिएको छ । समग्रमा बजार ५१ अंकले घट्दा नेप्से परिसूचक २७०२ बिन्दुमा ओर्लिएको छ । मंगलबार सुरुवातदेखि बजार निरन्तर ओरालो लाग्यो ।
परिसूचकमा भारी अंकको गिरावट देखिए पनि कारोबार रकम भने सो मात्रामा घटेको छैन । मंगलबार कुल २ करोड २५ लाख ८८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको किनबेच भएको छ । मंगलबार पनि आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसको सेयर मूल्य १० प्रतिशत बढ्दै मंगलबार प्रतिकित्ता ५२२६ रुपैयाँ पुगेको छ ।
मंगलबार २० कम्पनीको मात्रै मूल्य बढेको छ । २२४ कम्पनीको मूल्य घट्दा एउटा कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार नेप्सेका सबै उपसमूहको सूचकमा गिरावट आयो ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ १५:३०
प्रतिक्रिया दिनुहोस्