Ekhab4r
घट्न थाल्यो काठमाडौंको तापक्रम,  बढ्न थाल्यो चिसो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ ।

दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो । काठमाडौं मात्रै नभैइ  देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update