Ekhab4r
ई–प्लानेटलाई सिड्नीबाट ‘टप अफ द टावर’ अवार्ड

काठमाडौं । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट)ले दक्षिण एशियाको ‘टप अफ द टावर’ अवार्ड प्राप्त गरेको छ ।

 अवार्ड एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटिएस) ले प्रदान गरेको हो ।अवार्डले दक्षिण एशियामा शैक्षिक परामर्श सेवामा उत्कृष्टता, विद्यार्थी सहयोग तथा विश्वव्यापी साझेदारीमा ई–प्लानेटको सफलतालाई सम्मानित गरेको ई–प्लानेटले विज्ञप्तिमार्फत जनाएको छ । अवार्ड यूनिभर्सिटीका डेपुटी भाइस–चान्सलर तथा भाइस–प्रेसिडेन्ट (इन्टरनेशनल)इयान वान तथा प्रो भाइस–चान्सलर (ग्लोबल पार्टनरसिप्स) लियो मियान लिउद्वारा ई–प्लानेटलाई प्रदान गरिएको हो । सम्मानलाई ई–प्लानेटले आफ्नो समर्पण, विद्यार्थीहरुको विश्वास तथा उत्कृष्ट शैक्षिक अवसर प्रदान गर्ने मिसनको प्रतिकको रुपमा लिएको जनाएको छ ।

‘यूटिएसबाट प्रतिष्ठित सम्मान प्राप्त गर्नु हाम्रो लागि गर्व र गौरवको कुरा हो । यसले हाम्रो टोलीको निरन्तर प्रयास, विद्यार्थीहरु तथा साझेदारहरुको विश्वास तथा दक्षिण एशियाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई प्रतिविम्बित गर्छ,’ ई–प्लानेटका कार्यकारी निर्देशक नयन लामिछानेले बताएका छन् ।ई–प्लानेटले यो वर्ष आफ्नो २०औं वार्षिकोत्सव मनाइरहेको अवस्थामा पुरस्कारले संस्थाको यात्रामा अर्को एउटा महत्वपूर्ण उपलब्धि बनेको उल्लेख गर्दै यसले क्षेत्रीयस्तरमा शिक्षामूलक परामर्श सेवामा अग्रणी स्थानलाई अझ मजबुत बनाएको जनाएको छ ।

सन् २००५ मा स्थापना भएको एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले विदेशमा उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको छ ।प्रमुख विश्वव्यापी संस्थाहरूसँगको साझेदारी र विद्यार्थीहरूको सफलताप्रति प्रतिबद्धताका साथ इ–प्लानेटले हजारौं विद्यार्थीहरूलाई अमेरिका, क्यानडा, अस्ट्रेलिया र अन्य देशहरूमा सफलतापूर्वक पठाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update