Ekhab4r
अस्ट्रेलियाको मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो’ 

काठमाडौं । महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससगँको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले यही मंसिर १४ र १५ गते एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो । मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानीय सीप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरुलाई विक्री एवं प्रर्दशनीका लागि राखिने छ । मेलामा महासंघले नेपाली उद्यमीहरुद्वारा उत्पादन गरिएका हस्तकला, कृषि, शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सास्कृतिक उत्पादनहरुको प्रर्वद्धन, प्रर्दशन तथा विक्रि वितरण गर्ने आयोजकले जानकारी दिएको छ । आयोजकले मेलामा सहभागिताबाट नेपाली उद्यमीहरुलाई व्यवसायीदेखि व्यवसायी  र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ट अवसरहरुको खोजीमा मद्दत पुग्ने साथै उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्नुका साथै विक्री वितरणका लागि दिर्घकालिन अवसर प्राप्त हुने विश्वास लिएको छ । अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नपुगेको विषयलाई मध्यनजर गर्दै अस्ट्रेलियाको मेलवर्नमा एक स्थायी विक्री कक्षको स्थापना तथा सञ्चालन गर्ने लक्ष्यका साथ तयारी गरिरहेको पनि आयोजकले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update