Ekhab4r
आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

काठमाडौँ । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ । परीक्षणका रूपमा यसअघि निःशुल्क खुला गरिएको धरहरा चढ्न शुल्क लाग्ने भएको हो । 

धरहरा चढ्ने शुल्क स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ तोकिएको छ ।  सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति एक हजार शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव स्वीकृत भएसँगै यही आइतबारदेखि धरहरा चढ्दा शुल्क लाग्ने मन्त्रालयले जनाएको हो  ।स्वदेशी नागरिकको हकमा  विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउन सक्नेछन् ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update