Ekhab4r
एमाले -बालेनकाे पत्र पाएका छैनाैं ,पाएपनि जरीवाना तिरदैनाैं

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक लाख जरीवाना तोकेको पत्र  एमाले केन्द्रीय कार्यालयमा प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । पत्र प्राप्त भए पनि एमालेले जरिवाना नतिर्ने जनाएको छ ।

यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सन्जालमा सार्वजनिक गरेकाे  थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले काठमाडौं महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताए । ‘केन्द्रीय कार्यालयमा पत्र आएको छैन । पत्र पाए पनि जरिवाना तिर्ने कुरा हुँदैन,’ अधिकारीले भने, ‘हामीले के गरेका छौं र जरिवाना तिर्ने ?’ सभा सकिएलगत्तै आफैं सफा गरेकाले महानगरपालिकाले सामाजिक सन्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको उनले बताए ।

‘हामीले कार्यक्रम गर्‍यौं, आफैं सफा पनि गर्‍यौं । त्यसैले पत्रको जवाफ दिइरहनु पर्दैन,’ अधिकारीले भने ।मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले त मेयर बालेन    एमाले विरूद्ध् भएको भनेर सामाजिक सन्जालमा लेखेका छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update