Ekhab4r
क्यानडाबाट फर्केका दम्पती सिनामंगलकाे हाेटलमा मृत  भेटिए

काठमाडौं । सिनामंगलको एक होटलमा मृत अवस्थमा भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ । मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।

उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए।त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ । काठमाडौं महानगरपालिका–९ प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको घर भाडामा लिएर खोटाङका रामजी कटुवालले जन्मभूमि होटल सञ्चालनमा ल्याएका थिए । उनीहरू सोही होटलमा पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update