Ekhab4r
ब्ल्याक शार्कका उत्पादन नेपालमा उपलब्ध हुँदै

काठमाडौं । विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा रहेको छ ।

आगामी नोभेम्बर २६ अर्थात मंसिर ११ गतेदेखि ब्ल्याक शार्कका एसेसरिज औपचारिक रुपमा नेपाली बजारमा उपलब्ध हुनेछन् । 
नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केटप्लेस एवं ब्ल्याक शार्कको नेपालका लागि आधिकारिक वितरक मोबाइलमान्डुले ब्ल्याक शार्क गेमिङ एसेसरिजको विशेष लन्च गर्ने योजना बनाएको छ ।आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ अर्थात मंसिर ११ देखि १७ गते सम्म गेमिङ र हेल्थ तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको वारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन् । दराज र मोबाइलमान्डुको प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ । 

ब्ल्याक शार्कको नेपाली बजारमा औपचारिक लन्चको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य विभिन्न अफर समेत उपलब्ध गराइने छ । प्रिमियम एसेसरिजलाई अझ सबैको पहुँचयोग्य बनाउनका लागि सीमित समयका लागि ५० प्रतिशत छुट अफर उपलब्ध हुनेछ । त्यसैगरी पहिलो ५० ग्राहकले जीटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्नेछन् । यी बाहेक शुरुमै एसेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव मज्जाले लिन र ब्रान्ड भ्याल्यु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने छ । सहभागीहरुमा उत्साह प्रदान गर्न र पुरस्कृत गर्नका लागि एक ग्रान्ड गिभअवे कार्यक्रम गरिने छ र यसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याक शार्क प्रोडक्ट उपलब्ध गराइने छ । 

मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराउने छ । ७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ । यो वाहेक स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुनेछन् । त्यसैगरी इयरबडको ब्याट्री लाइफ ४० घण्टा सम्म रहेको छ । मोबाइलमान्डु र दराजको सोसल मिडिया प्ल्याटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ । हाई पर्फमेन्स गेमिङ एक्सपेरियन्स प्रदान गर्नका लागि ब्ल्याक शार्कले विभिन्न डिभाइस, एसेसरिज र सफ्टवेयर उत्पादन गर्दै आएको छ । सन् २०१७ मा विश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी शाओमीको सहायक कम्पनीको रुपमा स्थापना भएको भए तापनि हाल यो कम्पनी स्वतन्त्र रुपमा क्रियाशील छ । ब्ल्याक शार्कका उत्पादन विश्वमै लोकप्रिय मानिन्छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update