Ekhab4r
२६६७ अंकमा झर्याे सेयर बजार , काराेबार पनि घट्याे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झरेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो । ५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे । लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे ।

 

 

 

बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे ।थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update