इन स्टाइल ब्यूटी सलोनको सेवा नेपालमा सुरु
काठमाडौं । पहिलो पटकमा नेपालमा इन स्टाइल ब्यूटी सलोन उद्घाटन भएको छ ।
सोमबार एक समारोहबीच नायिका रेखा थापाको उपस्थितिमा काठमाडौंको बानेश्वरमा सलोनको उद्घाटन गरिएको हो ।उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नायिका थापाले विदेशबाट अनुभव गरेर नेपालमा आएर त्यसलाई प्रयोग गर्ने आँट गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिइन् ।
उनले सबैजना ग्राहक काठमाडौं आउनको लागि अप्ठ्यारो हुनसक्ने भन्दै आगामी दिनमा सातै प्रदेशमा यसको महाशाखाको उद्घाटन होस भन्ने कामना गरिन् ।उनले भनिन्,‘यसले फरक किसिमको सेवा दिने छ भन्ने आशा । बाहिर अनुभव गरेर नेपालमा आएर जुन खालको आँट गर्नु भएको छ । त्यो एकदमै राम्रो छ ।’
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ १४:४७
प्रतिक्रिया दिनुहोस्