काठमाडौं । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तिमगरले राजनीतिक क्षेत्रमा महिलाहरुलाई शारीरिक भन्दा पनि मानसिक हिंसा बढी हुने गरेको बताएकी छिन् ।
‘महिला हिंसा विरुद्घ म बोल्छु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक हिंसा भएपनि महिलाहरुले निरन्तर लडाँई गरेर हार मान्न नहुने बताएकी हुन् ।उनले भनिन्, ‘स्थानिय तहमा ४० प्रतिशत महिलाहरुको उपस्थिीति छ भनेर हरेक पुरुष साथिले भाषण गर्नुहुन्छ , राजनीतिमा महिलाहरुलाई शारीरिक भन्दा पनि मांनसिक हिंसा धेरै हुन्छ । त्यो मांनसिक हिंसा हुँदाखेरी हामीले हार खानु हुन्न । हामीले निरन्तर लडाँइ गर्नुपर्छ । हामी प्रत्येक व्यक्तिको पछाडि लेखियो भने थुप्रै उपन्यास बन्छन् । सबैभन्दा मुख्य कुरा राजनीति हो । सबै कुराको कमाण्ड राजनीतिले गर्छ । ’साथै उनले महिलाहरु कुनै क्षेत्रमा पनि कमजोर नभएको बताएकी छन् । महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्ने बताएकी हुन् ।
उनले भनिन्, ‘कुनै क्षेत्रमा पनि महिला कमजोर छैनन् । महिलाहरु समाजको नियममै बसेर हरेक कामहरु दृढतापूर्वक गर्न सक्छन् । तर म जुन समय महिला सभापति भए त्यो समयको अनुभव मलाई थुप्रै छ । उमेरको हिसावले म सानो सबैभन्दा सानो थिएँ । मन्त्री,सासंद सबैले मलाई छोरी भन्नु हुन्थ्यो । तर पनि म महिला सभामुख भएर पनि हरेक दलका नेताहरुलाई भेट्न घरघरमा पुग्थे । अहिलेका सभामुख कोही घर घरमा पुगेको सुन्नु भएको छ ? ’साथै उनले राजनीतिक दलहरुलाई एक बनाउनको लागि आफूले हरेक प्रयासहरु गरेको बताइन् । उनले राजनीतिक दललाई एक नगरीकन र एक ठाउँमा नल्याईकन बनाइएका कानूनहरु दिगो नहुने बताइन् ।