Ekhab4r
ककनी २ मा एमालेबाट  यम बहादुर लामा उम्मेदवार

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागी नेकपा (एमाले)बाट  उम्मेदवार रहेका  यम बहादुर लामाको पक्षमा जनलहर बढिरहेको छ।

११ उम्मेदवार प्रतिस्पर्धामा रहे पनि एमाले आफ्नो बलियो संगठन, लोकप्रिय उम्मेदवार, र विगतका निर्वाचनको परिणामको आधारमा अग्रस्थानमा देखिएको छ। गएको स्थानीय निर्वाचनमा तेस्रो स्थानमा रहेको एमालेले यसपटक पहिलो स्थानमा आफूलाई उभ्याउने संकेत दिएको छ। संघ र प्रदेश निर्वाचनमा ककनी २ का मतदाताहरूले एमालेलाई अत्यधिक समर्थन गरेको स्मरण गर्दै यो उपनिर्वाचन पनि एमालेकै पक्षमा जाने प्रक्षेपण गरिएको छ। एमालेको पक्षमा जनलहर किन? मतदाताहरू विगतमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई जिताए पनि दुबै दलको प्रदर्शनबाट असन्तुष्ट देखिएका छन्। माओवादी केन्द्रका केही प्रभावशाली नेता एमालेमा प्रवेश गरेपछि माओवादी कमजोर भएको छ। उता, नेपाली कांग्रेस आन्तरिक विभाजनमा फसेको छ। पार्टीका प्रमुख नेता मंगलसिद्वी लामाले कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएपछि कांग्रेसको भोट थप विभाजित हुने देखिएको छ।

यम बहादुर लामाको प्रभावकारी छवि एमालेका उम्मेदवार यम बहादुर लामा सामाजिक कार्य गर्दै राजनीतिमा होमिएका, स्वच्छ छवि र प्रभावशाली व्यक्तित्व भएका नेता हुन्। उनी घरदैलो अभियानमा अत्यन्त सक्रिय छन्, र मतदाताहरूबाट खादा, माला, र टिकासहित स्वागत पाइरहेका छन्। खानिखोला, कुले, र सानोचित्रे जस्ता क्षेत्रमा ८०% मतदाता एमालेको पक्षमा रहेको स्थानीय स्रोतले जनाएका छन्। अन्य दलको कमजोर स्थिति नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूबीचको गुटबन्दीले कांग्रेसको उम्मेदवारलाई कमजोर बनाएको छ। नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले कांग्रेसको परम्परागत भोट काट्ने अनुमान गरिएको छ। यसले कांग्रेसलाई तेस्रो स्थानमा धकेल्ने प्रक्षेपण गरिएको छ। माओवादी केन्द्रको प्रभाव पनि कमजोर हुँदै गएको छ। साविक वडा नम्बर ४ र ५ मा माओवादीले पकड राख्दै आए पनि एमालेको प्रभाव बढ्दो छ। माओवादी उम्मेदवार कृष्ण घिमिरे(मिलन) ले जित्ने दाबी गरिरहेका भए पनि जनताबीच एमालेप्रतिको विश्वासले उनीहरूलाई चुनौती थपिएको छ।

निर्णायक स्थानहरूमा एमालेको पकड बलियो खानिखोला र कुले जस्ता क्षेत्रमा एमालेको बलियो पकड देखिएको छ। साविक वडा नम्बर ४ र ५ मा पनि एमालेले माओवादी र कांग्रेससँग प्रतिस्पर्धा गर्दै आफ्नो प्रभाव विस्तार गरेको छ। मङ्सिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार यम बहादुर लामा को जितको सम्भावना उच्च देखिएको छ। जनलहर, संगठनात्मक बल, र उम्मेदवारको लोकप्रियता एमालेको पक्षमा रहेको छ। ककनी २ का मतदाताहरूले योपटक एमालेलाई जिताएर स्थिरता र विकासको नयाँ ढोका खोल्ने संकेत गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update