वैवाहिक बन्धनमा बाँधिए कलाकार सागर लम्साल ‘बले’
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा लगनगाँठो कसेका हुँन ।
स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् र उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन ।बले हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए । दंगालसँग उनले मागी विवाह गरेका हुन् । विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता रहेको थियो । बलेलाई बधाई दिन उनको सिरियल ‘हल्का रमाइलो’को टोली पुगेको थियो । उनलाई बधाईको ओइरो लागेको छ ।केही दिनपछि बलेको अभिनय रहने फिल्म ‘लाज शरणम’को समेत औपचारिक घोषणा हुँदैछ ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १६:२९
प्रतिक्रिया दिनुहोस्