Ekhab4r
हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो 

काठमाडौं । काठमाडौंलगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढ्न थालेको छ । हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो छ ।

विहीबार काठमाडौं उपत्यकाको रत्नपार्क र खुमलटार क्षेत्र अस्वस्थकर’को वर्गमा परेको छ भने चितवनको भरतपुर सबैभन्दा ‘प्रदूषित’ सहरका रुपमा देखिएको छ ।पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले जनाएको छ ।रत्नपार्क र खुमलटारमा पनि एक्यूआई क्रमशः १६४ र १५७ पुगेको छ । यसअघि काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको रूपमा रहेको थियो । विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । विश्वभर वायु प्रदुषणका कारण वार्षिक रुपमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।नेपालमा ४२ हजार १ सय र काठमाडौंमा मात्र ५ हजार व्यक्तिको मृत्युको कारण वायु प्रदुषण भएको अध्ययनहरुले देखाएको छ ।

https://www.iqair.com/nepal?srsltid=AfmBOooxjNPEw4P3UNKmc_KtUynw92AF-0w5eFSY23F8FAFvVqW1I0hq

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update