रामेछापमा सुमो दुर्घटना हुदाँ गोकुलगंगा ४ का वडाध्यक्ष सहित ५ जनाको मृत्यु
काठमाडौँ । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।
शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए ।
अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।सुमो झण्डै पाँच सय मिटर तल खसेको स्थानीयले बताएका छन् । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १५:१५
प्रतिक्रिया दिनुहोस्