Ekhab4r
बजेट अभावमा कर्णालीका खानेपानी योजना रोकिँदैनन् -मन्त्री यादव

 काठमाडाैँ। खानेपानीमन्त्री प्रदीप यादवले बजेट अभावका कारण संघीय खानेपानी आयोजना अन्तरगतका योजनाहरू नरोकिने बताएका छन् ।

 

 

कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतस्थित वीरेन्द्रनगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतको ग्रामीण खानेपानी सेवा सहायता केन्द्र “सेवा सहायता केन्द्र” शुभारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । 

 

‘म यहाँका जनप्रतिनिधि र स्थानीयवासीहरुलाई विश्वास दिलाउन चाहन्छु, संघीय सरकार खानेपानी मन्त्रालयबाट कर्णाली प्रदेशमा सञ्चालन भइरहेका र बजेट नभएर रोकिएका डिपिआर भएका कुनै पनि योजनाहरू पैसा अभावमा रोकिने छैन’ उनले भने, ‘बजेट रकमान्तर गरेर भएपनि म यहाँका योजनाहरुको टेण्डर आह्वान गर्छु, म कर्णालीवासीका सुख दुःखमा साथ दिने छु ।’ मन्त्री यादवले कर्णाली प्रदेशसहितका बिकट क्षेत्रका आम नेपाली नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन आफू लागि परेको दाबी समेत गरे । 

 

 

मन्त्री यादवले स्वच्छ खानेपानी सहितको एक घर एक धाराको अवधारणालाई अघि सारेर आफूले काम अगाडि बढाएको भन्दै दुर्गम क्षेत्रका आम नागरिकलाई स्वच्छ पानी दिनु आफ्नो प्रमुख लक्ष रहेको बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update