Ekhab4r
अपाङ्ग महासंघले ३३ औँ अन्तर्राष्ट्रिय दिवस मनाउने

काठमाडौं ।  राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मंगलबार मनाउने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै महासंघले विविध कार्यक्रम गरी मनाउने जानकारी गराएको हो ।अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकीकृत रूपमा प्रवर्धन गर्न दिवस मनाउन लागेको जनाएको छ ।

यस वर्षको अपाङ्गता भएका व्यक्तीहरुको  अन्तर्राष्ट्रिय दिवस २०२४ को मूल नारा अपाङ्गता अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महासन्धि कार्यान्वयन र दिगो विकास लक्ष्यहरूका अपाङ्गता सम्बन्धी सुचक प्राप्ती गराउने  धेयमा आधारित रहेको छ । जसले अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका जोड दिन्छ, यो धारा २९ मा रहेको राजनीतिक अधिकार र सार्वजनिक जीवनमा सहभागितासँग सम्बन्धित रहेको छ ।

जसले अपाङ्गता भएका व्यक्तिहरूलाई राजनीतिक प्रक्रियामा समान र प्रभावकारी रूपमा सहभागी हुने अधिकार प्रदान गर्दछ । त्यस्तै यो वर्षको नारा दिगो विकास लक्ष्यका लक्ष्य १० र १६ मा रहेको समावेशी समाजको विकास र सामाजिक न्याय प्रवर्द्धनसँग सम्बन्धित रहेको छ ।  
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update