काठमाडौं । उर्जामन्त्री दीपक खड्काले २०३५ सम्म २८ हजार पाँचसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका छन् ।
जलविद्युत उत्पादनका अवरोध र लक्ष्यको बारेमा जानकारी दिँदै मन्त्री खड्काले सोमबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । मन्त्री खड्काले भने,‘जलविद्युत उत्पादनका अवरोध र लक्ष्यहरु के हुन भनेर विकास निर्माणसँग सम्बन्धराख्ने ६ वटा मन्त्रालयका सचिव, सहसचिवहरुसँग छलफल गर्याैं । छलफलबाट ८३ वटा विषयहरु निकालेर २८ हजार पाँचसय मेगावट विद्युत २०३५ सम्म उत्पादन गर्ने र त्यो समयमा उत्पादन गर्नका लागि हाम्रा वाधा विवरणहरु के के छन, अवरोधहरु के के छन भन्ने विषय क्याविनेट पठाएका छौं ।’उनले देशभरीका अधुरो र ढिलासुस्ती भएका आयोजनाहरूलाई अगाडि बढाउनका लागि थुप्रै सुधारहरू गरिएको बताए ।यस्तै, नेपालका गरिबीको रेखामुनि रहेका १८/२० प्रतिशत जनताले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरूमा लगानी गर्ने अवसर नपाएसम्म मुलुकको समृद्धि पूर्ण नहुने उनले बताए ।
खड्काले भने,‘नेपालको गरिबीको रेखामुनी रहेका १८/२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पुर्ण हुँदैन । नेपालको गरिबीको रेखामुनी रहेका १८/२० प्रतिशत मानिसहरुले सरकारले घोषणा गरेका समृद्धिका आयोजनाहरुमा लगानी गर्ने अवसर नबनेसम्म मुलुकको समृद्धि पुर्ण हुँदैन । सिमित व्यक्तिहरुहरु मात्रै समृद्ध हुन्छन् । स्रोत माथिको अधिकार सबैको समान हो । त्यसैले गरिबीको रेखामुनि रहेका वर्ग, समूहलाई सरकारले दायित्व दिएर सस्तो व्याजमा ऋण प्रवाह गर्ने वातावरण बनाउनु पर्छ,’ मन्त्री खड्काले थपे, ‘त्यसो भयो भने सबै वर्गका मानिसहरुको सहभागिता हुन्छ । ४६ खर्बको बजेट २०३५ सम्म खर्च हुन्छ ।’यसका साथै, गरिबी र रोजगारका समस्यामा रहेका वर्गको स्वामित्वमा पनि ठूलो परियोजनाहरू र कार्यक्रमहरू ल्याउने कार्यविधि निर्माण गरिएको मन्त्री खड्काले बताए ।