साइबर अपराध बढ्दो, फेसबुकबाट सबैभन्दा बढी घट्ना
काठमाडौं । प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् ।
सोमबार तथ्यांक संकलन तथा विश्लेषण देखाउँदै उनले साइबर अपराधमा महिला र बालबच्चा समेत रहेको बताएका हुन् । उनले दिनकै ७० जति अनलाइन केसहरु आउने गरेको बताए । उनले सोसल मिडिया फेसबुकबाट सबैभन्दा बढी अपराजन्यघ घटनाहरु भइरहेको बताए । साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक फरक हुने र धेरैजसो फेक अकाउन्ट बन्द गर्ने केस आउने गरेको उनले बताए ।
सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएको केसहरू, खास गरेर यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आउने गरेको बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १८:०७
प्रतिक्रिया दिनुहोस्