Ekhab4r
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेको दिन सेयर बजारमा गिरावट

काठमाडौँ । आज नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेको दिन सेयर बजारमा गिरावट आएको छ ।

अर्थमन्त्रीमा पौडेलको नाम चल्नसाथ निरन्तर उकालो लाग्दै २५० अङ्कभन्दा बढीले बढेको नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक पदभार ग्रहणको दिनमा भने १७।१८ अङ्कले घटेको हो ।


अर्थ मन्त्रालयमा पौडेलको नाम चलेयता बढेको सेयर बजारबाट लगानीकर्ताले नाफा बुक गर्दा परिसूचक दोहोरो अङ्कले घट्यो । यससँगै आज नेप्से परिसूचक २२४० अङ्कमा आएर रोकिएको छ । यस क्रममा आज ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै २ कम्पनीको मूल्य स्थिर छ ।


आज नेप्सेमा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको २ करोड ५० लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज सोमबार सिभिल बैंक डिबेञ्चर २०८८ र माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १०–१० प्रतिशतले बढेको छ । यस्तै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र एनआईबीएल ग्रोथ फन्डको सेयर मूल्य समान ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


कारोबार भएका १३ वटा समूहमध्ये ४ वटा समूहको सूचक बढेका छन् । यसबाहेक बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार समूह घटेका छन् । आज माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै किनबेच भएको छ । यो कम्पनीको आज ३७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको हो ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update