Ekhab4r
रवि लामिछानेलाई बयानका लागि चितवन लगियाे

 काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवन लगिएको छ ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट भर्खरै सरकारी वकिलको कार्यालयमा पठाइएको चितवनका एसपी गौतम मिश्रले जानकारी दिए ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई मंगलबार बिहान मात्रै काठमाडौंबाट बयानका लागि चितवन लगिएको थियो ।

साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दर्ता भएको थियो ।काठमाडौंबाट पक्राउ गरेर कास्की पुर्‍यााइएका लामिछानेलाई यसअघि रुपन्देही र काठमाडौंमा लगेर बयान लिइएको थियो ।यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update