Ekhab4r
लुम्बिनीले विराटनगरलाई दियो  १९२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए । विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिए ।जारी एनपीएलमा एकै खेलमा बनेको यो उच्च स्कोर हो । यसअघि मंगलबार सुदूरपश्चिम रोयल्सले विराटनगरविरुद्ध नै १८२ रन बनाएको थियो ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update