Ekhab4r
निगमलाई  १५ दिन भित्र सुधारका कार्ययोजना पेश गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौं ।  संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिन भित्र सुधारको कार्य योजना पेस गर्न  नेपाल वायुसेवा निगमलाई  निर्देशन दिएका छन् । 

नेपाल वायुसेवा निगमको  केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डे निगम अहिले कै अवस्थामा चलाउन नसकिने बतौउदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्  ।निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडी बड्ने मन्त्री पाण्डेको भनाई थियो ।

नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिने प्रतिबद्ध व्यक्त  गर्दै निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएक थिए । निगमलाई घाट लगाउने चाइनिज जहाजको ब्यबस्थापनमा समेत मन्त्रालय सकारात्मक रहेको उनको  भनाइ थियोे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update