६ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १०:५४
प्रतिक्रिया दिनुहोस्