Ekhab4r
एआइ सम्बन्धी नीति ल्याउने तयारीमा सरकार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइको पोलिसी एक महिनाभित्र आउने बताएका छन् ।

शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजले आयोजना गरेको इन्जिनियरिङ एक्सपो २०२४ मा बोल्दै मन्त्री गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् ।उनले भने, ‘आइटीको क्षेत्रमा एआइको पोलिसी एक महिनाभित्र आउँछ ।  तर यसको लागि लिगल के के चाहिन्छ ? कानूनी रुपमा के के गर्नुपर्छ ? मिलाउनुपर्ने कुरा के के छन् त्यो मिलाउँदै जानुपर्ने अवस्था छ । आइटीको क्षेत्रको विकासको लागि के के गर्नुपर्ने हो र सरकारको भूमिका के हो भन्नेतर्फ काम भइरहेको छ । एआएलाई कसरी प्रयोग गर्ने भन्ने सबै बारेमा जानकारी लिएर सरकार गर्नको लागि तयार छ ।’साथै उनले आफ्नो मन्त्रालय आइटी क्षेत्रसँग बढी केन्द्रित रहेको बताए । उनले अहिलेसम्म पनि आइटीको पोलिसीमा कुनै पनि रिफाइमेन्ट नभएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update