रवि लामिछानेलाई काठमाडौँ अवतरण , आजै बयानका लागि पर्सा पठाइने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थलमा ल्याइएको छ ।
उनलाई काठमाडौँ विमानस्थलबाटै आजै बयानका लागि पर्सा पठाउने बताइएकाे छ । जसअनुसार उनलाई साढे २ बजेको उडानमार्फत सिमरा पठाइने छ भने त्यहाँबाट स्थलमार्ग हुँदै पर्सा पठाइने मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले जानकारी दिए । सहकारी ठगी प्रकरणमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१ १३:१२
प्रतिक्रिया दिनुहोस्