Ekhab4r
कप्तान रोहितको सानदार बलिङ, चितवनको ब्याटिङ धरासायी

काठमाडौं। लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएसँगै नेपाल प्रिमियर लिग (एनपिएल)चितवन राइनोजको ब्याटिङ धरासायी बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १६८ रनको लक्ष्य चितवनले पछ्याइरहको छ। तर, ७९ बनाउँदा ६ विकेट गुमाइसकेको छ।

चितवनले सुरुआत नै राम्रो गर्न सकेन। ओपनरद्वय सन्तोष कार्की १० र विपिन रावल पाँच रनले पभिलियन फर्किए। तेस्रो नम्बरमा आएका सोहेल तनवीर पनि एक रनमा कप्तान रोहितकुमार पौडेलबाट कट एन्ड बोल्ड भए।  त्यसपछि चितवनले लगातार विकेट गुमाइरह्यो। ल्युक बेनकेन्स्टाइन ३१, रवी बोपारा १२, जान निकोल लोफ्टी–इटन ६ रनमा आउट भए। चार ओभर बलिङ गरेका रोहितले १७ रन खर्चिएर चार विकेट लिए। रोमन साइमन्ड्स र अभिषेक गौतमले समान एक विकेट लिएका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update