Ekhab4r
कन्स्ट्रक्सन कम्पनीले जग्गा खाली नगरेपछि वडाको ताकेता

काठमाडौं । भ्याली कन्स्ट्रक्सन प्रालिले सम्झौता अनुसार जग्गाको बक्यौता नबुझाएको भन्दै कम्पनीको सामान जफत् गरिएको छ ।

मंगलबार ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल महर्जनले कन्स्ट्रक्सन प्रालिले म्याद दिएपनि बेवास्ता गरेर वडाको जग्गामा बसेको भन्दै सामान जफत् गर्न लागेको बताए ।  उनले भने, ‘भ्याली कन्स्ट्रक्सनको नाममा भाडामा वडाको जग्गामा भाडामा लगाइएको थियो । सर्वोच्चमा मुद्दा परिसकेपछि परमादेश आदेश जारी भयो । बच्चाहरु खेल्ने ठाँउ बच्चाहरुकै लागि नै हुनुपर्छ भन्ने कुरा आयो । हामीले उहाँहरुलाई ३५ दिने म्याद दियौं, म्याद दिदाँ पनि सम्पर्कमा नआउनु भएपनि वडाले फेरि १५ दिने सूचना दियो । त्यो सूचनापछि पनि नआएपछि उहाँहरुलेसबै ताल्चा फुटाएर यहाँ भएको सामान सुरक्षित साथ राखेका हौं । कम्पनी लिन आउने बेला पैसा तिरेर सामान लिएर जाने हो । लिन आउनु भएन भने यही सामानबाट असुलउपर गर्छौं ।’ 

यस्तै, उनले उक्त कम्पनीले झण्डै साढे तीन करोड बक्यौता दिन बाँकी रहेको पनि बताए । उक्त भाडामा दिएको जग्गालाई सर्वोच्च अदालतले खुल्ला क्षेत्र नै राख्नुपर्छ भनेर आदेश दिएपनि कम्पनीलाई जग्गा खाली गर्न म्याद दिइएको थियो । 


 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update