Ekhab4r
क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशनका निर्णयहरु सार्वजनिक 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशन लिइएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । 
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मंसिर १३ देखि २३ गतेसम्म काठमाडौमा सम्पन्न भएको राष्ट्रिय एकता महाधिवेशनका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको हो । नेपालमा क्रान्तिका लागि अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत परिस्थिति बीचको अन्तर्विरोध समाधानको दिशामा अघि बढ्न २०८१ वैशाखमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी मशालका बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निर्माण भएको थियो ।
महाधिवेशनको कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको छ :
क) उदघाटन समारोह :
मंसिर १३ गते जनसमुदाय, महाधिवेशनका पर्यवेक्षक, प्रतिनिधि तथा पार्टीका नेताहरुको सहभागितामा काठमाण्डौ शान्तिबाटिकार त्रिप्रेश्वरबाट शुरु भएको जुलुस न्यूरोडको धर्मपथमा सुसज्जित मञ्च अगाडि पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो। यस समारोहको अध्यक्षता निवर्तमान सहसंयोजक सन्तबहादुर नेपालीले गर्नुभएको थियो भने उद्घोषण निवर्तमान प्रवक्ता क. हेमन्तप्रकाश ओली ’सुदर्शन’ले गर्नुभएको थियो। स्वदेश तथा विदेशबाट आमन्त्रित अतिथिहरुलाई आसनग्रहण गराइसकेपछि शहिदहरु प्रति श्रद्धान्जली र अन्तर्राष्ट्रिय गीतबाट कार्यक्रम अघि बढाइएको थियो । बरिष्ठ नेता के सी पी गजरेलद्वारा स्वागत भाषण गरिएको उक्त समारोहमा निवर्तमान सयोजक क किरणले मशाल बालेर उदघाटन सहित उद्घाटन भाषण गर्नुभएको थियो। स्वदेशी तथा विदेशी मित्र तथा भाइचारा पाटीका प्रतिनिधिहरुले राष्ट्रिय एकता महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
ख. बन्दशत्र समारोह:
काठमाडौंको किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको स्मृति सदनमा मसिर १४ देखि २३ गतेसम्म बन्दसत्र सम्पन्न भएको छ । क सुशदंनद्वारा कमललाल चौधरी, क दिनेश शमां, क चिन्तामणि पौडेल, क विन्देश्वर पटेल र क. शोभा सेन्चुरी रहेको ५ सदस्यीय अध्यक्षमण्डल प्रस्तावित भएपछि प्रतिनिधि तथा पर्यवेक्षक सम्मिलित सदनबाट गडगडाहट तालिकासाथ उक्त प्रस्ताव पारित गरियो। त्यसपछि अध्यक्ष मण्डलको अध्यक्षतामा निम्न अनुसारका प्रस्तावहरु पारित गरिएको छ ।

१) बन्दसत्रमा क. किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सहित सोहओटा पुरक प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन् । उक्त प्रस्तावहरुमाथि वीसओटा समूहमा विभाजन गरी छलफल चलाइएको थियो। त्यसअनुसार अर्धसामन्ती तथा अर्धऔपनिवेशिक विशेषता सहित नवत्रीपनिवेशिक अवस्थामा रहेको वर्तमान नेपाली समाजका सन्दर्भमा पार्टीको राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्तिको खुडकिलो सहित वैज्ञानिक समाजवाद हुनेछ भने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद–लेनिनवाद–माओवाद हुनेछ। त्यसै गरी राज्य पुर्नसंरचनाको सन्दर्भमा आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीक्ति र पहिचान सहितको संघीयताको नीति पारित गरिएको छ। साथै, मात्रोविचारधारा र संघीयताबारे बाहिर पनि छलफल चलाउन सकिने निर्णय लिइएको छ ।

२) राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुलाई लिई पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोचा गरी सघर्षका कामलाई अगाडि बढाउँदै जाने ठेगान भएको छ।
३) संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको सरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य रास्ते, केन्द्रीय परिषद समेत बनाउने निर्णय लिइएको छ ।
४) पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरुको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरु सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रुपमा पारित गरियो। त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक ज्याठ सदस्य क मोहन वैद्य किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट क किरणलाई महासचिव चयन गरिएको छ।
५) कमरेड प्रीतमद्वारा प्रस्तुत समयामयिक प्रस्ताव पारित गरियो ।
ग) समापन समारोह:
समापन समारोहको अध्यक्षता क. सिपी गजुरेलले गर्नुभयो भने यसको उद्घोषण क चन्द्रहरि सुवेदी अटलने गर्नुभयो । सो समारोहमा नवनिर्वाचित महासचिव क. किरणद्वारा महाधिवेशनमा पारित नीति, कार्यक्रम तथा कार्यदिशाको दृढ कार्यान्वयन गर्ने, संगठन तथा संघर्षका कामलाई व्यवस्थित तुल्याउने र क्रान्तिको तयारीका कामलाई प्रभावकारी ढंगले अगाडि वढाउने प्रतिबद्धता व्यक्त गरियो । यस समारोहमा कतिपय भाइचारा प्रतिनिधि तथा पर्यवेक्षकहरुको तर्फवाट नवनिर्वाचित केन्द्रीय समितिलाई बधाइ तथा शुभकामना व्यक्त गरियो । अन्तमा समापन समाहरोको अध्यक्षबाट सौहार्दपूर्ण वातावरणमा अन्तिम सत्रको समापन भयो ।
यस्तै, राष्ट्रीय तथा अन्तर्राष्ट्रीय सन्दर्भमा राष्ट्रीय एकता महाधिशनमा नेपाल–भारत बिचको सैन्य भाईचारा, सहकारी ठगी, आर्थिक तथा नीतिगत भ्रष्टाचार, मिटर ब्याज पीडितको समस्या, शिक्षा, स्वास्थ्य तथा रोजगारी, प्यालेस्टाइन इजरायल युद्ध, रुस युक्रेन युद्ध, भाकपा (माओवादी) माथिको दमन, जलवायु परिवर्तन, फासिवादको बढ्दो प्रभाव, पेरुको दमन र राजबन्दिहरुको रिहाई बमरे प्रस्तावहरु प्रस्तुत तथा पारित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update