काठमाडौँ । गायक जी पुन(जीतबहादुर पुर्जा पुन)को स्वर, सङ्गीत र एरेन्जमा रहेको गीत ‘जय करबाकेली बाबा’ सार्वजनिक भएको छ ।
गीतमा चीनबहादुर पुन र राधा पुनको शब्द र बबिता पाख्रिन तथा दीपा तामाङको सहायक स्वर छ । गीतमा दीका गुरुङको मिक्सिङ तथा मास्टरिङ छ ।जी पुन र देव दोर्जे लामाको निर्देशन रहेको भिडियोमा विवेक गर्बुजा पुन, प्रितम पुर्जा पुन, सोनी पाइजा पुन, खिम माया पाइजा पुनको अभिनय छ । म्याग्दीको काफल डाँडामा छायांकन गरिएको गीतले पुन समुदायको सांस्कृतिक विविधतालाई देखाएको छ ।
भिडियोमा राजेन्द्र गुरुको कोरियोग्राफी, सबिन शेर्पाको सहायक निर्देशन, चीनबहादुर पुनको कथा र कन्सेप्ट, रेनिश फागोको कलर, सीता तामाङको मेकअप र सुरज लामाको सम्पादन, छायांकन तथा ड्रोन छ ।भिडियोको पोस्ट प्रोडक्सन जीएस प्रोडक्सनमा गरिएको हो । भिडियो जी पुन अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक जी पुनले पुन समाज भित्रका थुप्रै भाषिक, सांस्कृतिक विषयवस्तुलाई आगामी दिनमा पनि भिडियो बनाएर श्रोता तथा दर्शकमाझ ल्याउने बताए ।मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
गीतको भिडियो