Ekhab4r
वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक

काठमाडौं  । वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनबाट उत्पादन भएका वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा अन्तार्राष्ट्रिय पर्वत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी स्थानीय समुदायको आम्दानी एवम रोजगारीको स्रोत उत्पादन गर्नुपर्ने बताए । उनले भने,‘वनबाट उत्पादन भएका वनपैदावारहरु उद्योग व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ । नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी मुल्य अभिवृद्धि मार्फत स्थानिय समुदायको आम्दानी र रोजगारीको श्रोत उत्पादन गर्नुपर्ने हुन्छ ।’  उनले सामुदायिक वनमा नेपालले प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा गरेको योगदान अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ । 

उनले भने,‘सामुदायिक वनमा प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिवद्धता र गरेको योगदान आज अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको छ । देशको आर्थिक तथा सामाजिक अवस्थामा आएको परिवर्तनको कारण बसाईसराइले गर्दा वनमाथिको दृढता घट्दै गएकोछ ।’ जैविक विविधता संरक्षण एवम जलवायु परिवर्तन र जलवायु उत्थानशिलतालाई एकीकृत गर्न नीतिहरुलाई समय समयमा पुर्नविचार गर्नुपर्ने उनको भनाई छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update