Ekhab4r
रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको जानकारी दिएका छन् ।  बुधबार काठमाडौंमा आयोजित रोजगार प्रवद्र्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए । 

उनले भने, ‘विशेषगरि रोजगारीको क्षेत्रमा हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ । तर आन्तरिक रोजगारको बारेमा कही केही छैन् । त्यो कसले हेर्ने, त्यसकारण अहिले मन्त्रालयको संरचनाको बारेमा छलफल गर्दैछौ । मन्त्रालय अन्तरगत आन्तरिक रोजगार महाशाखाको स्थापना गर्दैछौ । यसले मुलुकभित्रका रोजगारीको सम्भावनाहरुलाई प्रवद्र्धन गर्ने, त्यसलाई अगाडि बढाउने काम गर्छ ।’यस्तै, सरकारले रोजगारी नदिएपनि रोजगारीको प्रमुख स्रोत नीजि क्षेत्र नै भएको बताए ।

उनले भने, ‘सबैलाई थाहा भएको कुरा हो सरकारले रोजगारी दिने होइन । सरकारले सुविधा मात्र दिने हो । रोजगार भनेको रोजगारदाताले नै दिने हो । रोजगारदाता भनेको संसारभर नीजि क्षेत्र नै हुन्छ । प्रत्येक ७ सय ५३ वटा पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेका छौ ।’  वैदेशिक रोजगार रोक्न नसक्ने अवस्थामा यसलाई मर्यादित् र सुरक्षित गर्ने कुरामा पनि ठूलो समस्या देखा परेको बताए । उनले अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सरकार सही बाटोमा हिनेको पनि उनको भनाई छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update