विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच भएको हो । दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१ १०:४९
प्रतिक्रिया दिनुहोस्