काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताएका छन् ।
बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानिय तहका मेयरहरुको पद पाँच वर्षसम्मका लागि सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित नभएको बताएका हुन् । उनले भने, ‘नयाँ कुरा केही छैन । राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ । मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन । तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन । पद सुरक्षित छैन । राजनीतिक कुरा हो यस्तो भैइहाल्छ ।’साथै, उनले राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्ने बताए । उनले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताए । उनले युवामाथि नागरिकको विश्वास रहेको बताए । साथै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘राजनीतिमा आएका युवाहरुमाथि जनताको विश्वास छ । त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्छ । हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौं । जनताको कुरा कार्यान्वयन गराउनका निम्ती हामीले अगाडि बढ्नुपर्छ ।’यसैगरी उनले सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए । उनले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए ।