काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो ।यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ । उसले अझै एक खेल खेल्न बाँकी छ । काठमान्डुले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६ औं ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो ।जनकपुरका लागि जेम्स निशामले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे । त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए ।
काठमाडौंका लागि करण केसीले २ तथा साहब आलम र दीपेश कंडेलले १–१ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.१ ओभरमा १०१ रन बनाएर अलआउट भएको थियो । जनकपुरका लागि हर्ष ठाकरले नट आउट रहेर सर्वाधिक २७ रन जोडे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । जिमी निशम २५ बलमा १ चौका र १ छक्काको सहित २५ रनमा आउट भए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुँदै १ सय १ रनको झिनो योगफल तयार गरेको थियो ।
काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे ।माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए । लेभिट मोहम्मद मोहसिनबाट समातिए ।सातौं ओभरमा ललित राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पूर्णतः हाबी भएको थियो । ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए । शेर मल्लले २०औं ओभरमा २ विकेट लिदै काठमाडौंलाई अल आउट गरे ।
जनकपुरका लागि ललित र शेरलर समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । हारपछि पनि काठमाडौंको प्लेअफ सम्भावना बाँकी छ ।जनकपुरले आफ्नो अन्तिम खेल आइतबार चितवन राइनोजसँग खेल्नेछ । काठमाडौंले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।