काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले आफ्नो फाईदाको लागि मात्रै कुरा नगर्ने बताएका छन् ।
नेपाल जग्गा आवास तथा विकास महासंघको तेस्रो महासभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन । अध्यक्ष ढकालले भने, ‘पोलिसी बनाउने बेलामा निजी क्षेत्रकै फाईदाका लागि मात्रै पनि कुरा गर्छन भन्ने परम्परागत बुझाई छ । तर, अहिले निजी क्षेत्रले आफ्नो फाईदाको लागि मात्रै कुरा गर्ने सम्भावना छैन । त्यो गर्नु पनि हुँदैन ।’
अध्यक्ष ढकालले हामीले ल्याएको नीति नियमहरु परिमार्जन गर्नुपर्ने बताए । उनले अहिले पचासौं वर्ष पुरानो नीतिले गाईड गरिरहेको बताए ।उनले भने, ‘हामीले पोलिसीहरु ल्याउँछौ । हामीले अहिले पचासौं वर्ष पुरानो नीतिले गाईड गरिरहेको छ । यसलाई हामीले वास्तवमा समय सापेक्ष हिसाबबाट जान सकिएन भने, अथवा हामीले ल्याएका पोलिसिहरु सहि छैन भने करेक्सन नी गर्नु पर्यो । गलत पोलिसि ल्याईयो र त्यो गलत पोलिसिबाट रिजल्ट राम्रो आएन भने त करेक्सन पनि गर्नुपर्यो ।’