Ekhab4r
आजको मौसमःदेशभरको मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हिजो शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४.५ डिग्री पुगेको छ ।आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update