Ekhab4r
कांग्रेस पार्टीलाई केन्द्रबिन्दुमा राखेर हामीले काम गर्नुपर्छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘काम गरे भनेर मात्र हुँदैन । हामीले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्छ । मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्नुपर्यो । अहिले नेपाली कांग्रेस पार्टीमा चाँही अलिकति कमिकमजोरी के भैइरहेको छ भन्दा खेरी नेपाली कांग्रेस त कांग्रेस नै हो । तर यो  पार्टी पनि ए, बि, सि र डि को नाममा अगाडि बढिरहेको छ ।’साथै उनले  ए र बि को लेबलमा नराखेर केन्द्रबिन्दुमै कांग्रेस पार्टीलाई लग्नुपर्ने बताए । उनले कांग्रेस पार्टीभित्रै इमानदार भएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘ ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन । हामीले कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने ? यो लिडरस्हरु आउँछन् , जान्छन्  यो बेग्लै  कुरा हो । तर  कुरा के हो भन्दा खेरी  कांग्रेसलाई केन्द्रबिन्दुमा राखेर कांग्रेसलाई हित हुने काम चाँही अब हामीले गर्नुपर्छ । ’यसैगरी उनले निर्वाचन क्षेत्रको मतदाताहरुको मन दुखायो भने गाहे हुन्छ भन्ने कुरा सबै जनप्रतिनिधिहरुमा महशुस हुन जरुरी रहेको बताए ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update