सुनको मूल्य बढ्दा चाँदी स्थिर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो ।
आइतबार तोलामा एक लाख ५० हजार ८ सय रुपैयाँ कारोवार भएको छापावाल सुन आज १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार ८४० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १, २०८१ १०:५४
प्रतिक्रिया दिनुहोस्