Ekhab4r
रातो बङ्गला फाउन्डेसनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरमा

काठमाडौं । रातो बङ्गला फाउन्डेसनले गुणस्तरीय शिक्षाको लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन पुष ५ गतेदेखि ७ गतेसम्म ललितपुर जिल्लामा आयोजना गर्ने भएको छ । 

सोमबार पत्रकार सम्मेलन गर्दै सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयवाट स्वीकृती प्राप्त गरेर मन्त्रालयसँगको सहकार्यमा हुन गइरहेको जानकारी दिएका छन् । यसले स्थापना कालदेखि गुणस्तरीय शिक्षाका लागि विभिन्न शैक्षिक तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्नुका साथै नेपालका विभिन्न भूभागमा रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न सहयोगी भूमिका खेल्दै आएको छ ।सम्मेलनको मूल उद्देश्य शिक्षाको गुणस्तर विषयमा छलफल गरी शिक्षामा भएका कमीकमजोरीहरूको निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु हो । सम्मेलनले नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सम्मेलनमा देशभरी तथा विदेशबाटसमेत गरी पाँच सयभन्दा धेरै शिक्षाकर्मीहरूको सहभागिता रहने जानकारी पनि गराइएको छ । 

सम्मेलन सम्पन्नभएपछि देशको ७ ओटै प्रदेशमा यस्तै सम्मेलन आयोजना गर्ने योजना पनि रहेको छ ।सम्मेलनको छलफलका विषयवस्तुमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण वा सामाजिक–भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्द्धन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाई रहेको छ । सम्मेलनमा शिक्षा सम्बन्धी विभिन्न विषयका विज्ञहरु रहने छन् र आ–आफ्ना तर्फबाट योगदान पु¥याउने छ । अन्तर्राष्ट्रिय स्तरका शिक्षा क्षेत्रमा योगदान गरेका विज्ञहरुलाई पनि यस सम्मेलनमा आमन्त्रण गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update