Ekhab4r
नेप्सेमा उच्च अंककाे गिरावट , परिसूचक २६३१ बिन्दुमा

काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । ५१.३७ अंकले बजार घट्दा परिसूचक २६३१ बिन्दुमा ओर्लिएको छ ।  आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यसमा सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त लगायतका लगानीकर्ताले धेरै गुमाएका छन् । जानकी फाइनान्सको सेयर मूल्य आज ९.५८ प्रतिशतले घटेको छ । सोमबार १५ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यसमा कुथेली बुखरी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । जोशी हाइड्रोपावको ८.७० प्रतिशत, कुमारी सबल योजनाको ५ प्रतिशत र नेशनल हाइड्रोपावर कम्पनीको मूल्य ३.९८ प्रतिशतले बढ्यो । 

कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर पहिलो नम्बरमा रह्यो । यसको २६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update