Ekhab4r
तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । 

मंगलबार अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्दै छ ।बैठकमा अर्थ समितिको बैठक बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै,विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ ।

बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूचि छ ।त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल हुने छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update