Ekhab4r
जसपा नेपालले तय गर्यो अधिवेशनको कार्यतालिका

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश तहदेखि जिल्ला र स्थानीय तहसम्मको अधिवेशनका लागि कार्यतालिका तय गरेको छ ।

मंसिर २८ र २९ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहको अधिवेशनको कार्यतालिका तय गरेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।प्रमुख बस्नेतका अनुसार बैठकले सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन २०८१ चैत्र मसान्तभित्रसम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ सातै प्रदेश समिति र राष्ट्रिय समितिहरुको आगामी २०८२ बैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । पार्टी मातहतका समितिको अधिवेशन पार्टी विधानको व्यवस्थाबमोजिम हुनुपर्ने भनिएको छ ।

पार्टीसम्बद्ध भ्रातृसंगठनहरुलाई अधिवेशन सम्पन्न गर्नको लागि २०८२ बैशाख मसान्तसम्मको समयसीमा तोकिएको उनले बताए ।अधिवेशन सम्पन्न गर्न नसक्ने भ्रातृसंगठनका केन्द्रीय समितिलाई भंग गरी नयाँ प्रक्रियाबाट कार्यको थालनी गरिने बताइएको छ ।राष्ट्रिय महाधिवेशन सम्पन्न गरी जसपा नेपालले मातहत समिति र भ्रातृ संगठनको अधिवेशन गर्ने कार्यलाई अगाडि बढाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update